बारा, फागुन २८ गते ।
पथलैया विरगञ्ज सडक खण्डको परवानीपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । कुखुरा बोक्ने पिकपले मोटरसाईकललाई ठक्कर दिदा बाराको जीतपुरको एक जनाको मृत्यु भएको हो ।
ना ६४ प ७०४ नम्बरको मोटरसाईकललाई प्र ३–००१ च १९७५ नम्बरको बोलेरो पिकपले हिजो साझ ठक्कर दिदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका अन्दाजी १८ वर्षिय सरोज पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका पटेलको उपचारको क्रममा गएराती बयोध्या मेडिसिटि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनाको थप अनुसान्धान भैरहेको प्रहरीले बताएको छ ।



