बारा, चैत्र ६ गते ।
जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपमा समुह “बि” को खेल आजबाट सुरु भएको छ । समुह “बि” को पहिलो खेलमा जनकपुर पेस फाउण्डेसन र मकवानपुर क्रिकेट एशोसिएसन भड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे दुई टिमबीचको खेल सुरु हुनेछ ।
यस अघि प्रतियोगितामा समुह “ए” को खेलमा पर्सा क्रिकेट एशोसिएसन दुई खेलमा दुई खेल जित्दै प्रतियोगिताको फाइनलमा आफ्रनो स्थान बनाइसकेको छ । अब समुह “बि” बाट जित्ने टिमले पर्सा संग उपाधिको लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।
उद्घाटन खेलमा पर्सा क्रिकेट एशोसिएसनले जीतपुरसिमरालाई पराजित गरेको थियो भने प्रतियोगिताको दोस्रो खेलामा कलैयालाई पराजित गरेर फाइनलमा आफ्नो स्थान बनाएको थियो ।
चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।



