पर्सा, चैत्र ६ गते ।
पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट सोमवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका ४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्री रहेकी छिन् ।
जंगलमा बाख्रा चराउन गएका बेला खत्रीलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
मालीबस्ती गाउँ नजिकैको जंगलमा बाख्रा चराउन गएकी खत्रीलाई सोमबार दिउँसो बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । खत्रीको शव शल्यपरिक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल ल्याइएको छ ।



