बारा, चैत्र १० गते ।
बारको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले होलि मिलन कार्यक्रमको आयोजना गरी होली मनाएको छ । बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार होली पर्व परेको छ । होलीको अवसरमा क्षेत्रअनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । सद्भावको रूपमा लिइएको यो पर्व उल्लासमय छ । विगतका वर्षहरूमा कोभिड संक्रमणले खुम्चिएको होली यस वर्ष भने विशेष देखिएको छ ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले आफ्नै जीतपुरस्थित रहेको कार्यालयको सभाहलमा शनिबार होली मिलन कार्यक्रमको आयोजना गरि कार्यसमिति र उद्योगी व्यवसायी संग होली खेलेको हो । उद्योग बाणिज्य संघले शनिबार २ बजे देखी साझ ५ बजे सम्म स्थानिय सहित केही बाहिरी पाहुनालाई समेत निम्त्याएर होली खेली शुभकामना आदानप्रदान गरेको थियो ।



