बारा, चैत्र ११ गते ।
हिन्दु स्वयंसेवक संघ जीतपुरसिमरा नगर समितिले विभिन्न ठाँउमा होलि मिलन कार्यक्रमको आयोजना गरी होली मनाएको छ । बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार होली पर्व परेको छ । होलीको अवसरमा क्षेत्रअनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
भाइचारा र सद्भावको रूपमा मनाइने यो पर्व उल्लास्मय छ । विगतका वर्षहरूमा कोभिड संक्रमणले खुम्चिएको होली यस वर्ष भने विशेष देखिदै छ ।
हिन्दु स्वयंसेवक संघले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर सहित नगरको विभिन्न स्थानमा आईतबार होली मिलन कार्यक्रमको आयोजना गरि कार्यसमिति र स्थानियहरु संग होली खेलेको हो ।

हिन्दु स्वयंसेवक संघले आईतबार १० बजे देखी ५ बजे सम्म स्थानिय सहित केही बाहिरी पाहुनालाई समेत निम्त्याएर होली खेली शुभकामना आदानप्रदान गरेको थियो ।
हिन्दु स्वयंसेवक संघ जीतपुरसिमरा नगर कमिटिले जीतपुरमा आयोजना गरेको कार्यक्रममा जीतपुरका जनप्रतिनिधि सहित स्थानीय अगुवा र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।



