तेस्रो डुमरवाना गोल्डकप : विरगञ्ज युनाईटेड सेमिफाईनलमा प्रवेश

बारा, चैत्र १९ गते ।

विरगञ्ज युनाईटेड विरगञ्ज तेस्रो डुमरवाना गोल्डकप २०८० को सेमिफाईनलमा प्रवेश गरेको छ । चारपाते खेल मैदानमा आज भएको तेस्रो क्वाटरफाईनल खेलमा एभरेष्ट फुटबल एकेडेमी सर्लाहीलाई १–० गोल अन्तरले पराजित विरगञ्ज युनाईटेड विरगञ्ज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

फाईनल प्रवेशको लागी विरगञ्जले अब निजगढ एफसीसंग चैत्र २१ गते पहिलो सेमिफाईनल खेल खेल्नेछ । विरगञ्जको जितमा विपिन तुम्सिङ मगरले निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा सर्लाहीले अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन् ।

प्रतियोगिता अन्र्तगत विरगञ्जका विपिनल तुम्सिङ मगर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रोग्रेस एजुकेशन एकेडेमीका प्रिन्सिपल शान्ताराम खनालले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्र्तगत भोलि अन्तिम क्वाटरफाईनल खेल हुनेछ । भोलिको खेल विरगञ्ज युथ एकेडेमी र रिगल हेटौडा रिसोर्ट हेटौडाको बिचमा हुनेछ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा भएको प्रतियोगिता चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उप बिजेताले नगद ७५ हजार रुपैया प्राप्त गर्नेछन् ।