हरपुरमा राम जानकी मन्दिरको शिलान्यास

बारा, वैशाख ३ गते ।

बाराको हरपुरमा राम जानकी मन्दिरको शिलान्यास भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर मा राम जानकी मन्दिर शिलान्यास भएको हो ।

राम जानकी मन्दिरको अध्यक्ष सुरेन्द्र यादवले आज सोमबार हिन्दु परम्परा अनुसार पुजा आजा गरेर मन्दिरको शिलान्यास गरेका हुन् ।

विभिन्न बाधा र अर्चनलाइ छिचोल्दै राम जानकी मन्दिरको शिलान्यास हुदा आफुहरू किनै खुसि भएको शिलान्यास कार्यक्रममा उपस्थित व्यक्तिहरू बताएका थिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष, स्थानिय अगुवा, मन्दिरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।