बारा, वैशाख १३ गते ।
बाराको जीतपुरमा हिजो बाट सुरु भएको प्राण प्रतिष्ठा पुजा अन्तर्गत प्राण प्रतिष्ठा हुने भगवानहरुको मुर्तिहरुलाई आज नगर परिक्रमा गराईने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित रहेको बंगाली बाबा युग धर्म आश्रम (राम जानकी मन्दिर) मा हिजोबाट प्राण प्रतिष्ठा पुजा सुरु भएको थियो ।
हिजो विहान सयौंको सहभागितामा कलश यात्रा निकालेर प्राण प्रतिष्ठा सुरु गरिएको थियो भने सोही पुजा अन्तर्गत आज विहिबार दिनको ३ बजे देखी प्राण प्रतिष्ठा हुने मुर्तिहरुलाई जीतपुर नगर भरी परिक्रमा गराउने कार्यक्रम रहेको पुजाका प्रचार प्रसार समिति सम्योजक संतोष कुशवाहाले बताउनु भयो ।
पुजा अन्तर्गर भोली शुक्रबाट मुर्तिहरुमा प्राण प्रतिष्ठा गरिने छ भने शनिबार पुर्णहुती हुने छ । श्री बंगाली बाबा युग धर्म आश्रम (राम जानकी मन्दिर) व्यवस्थापन समितिको आयोजनामा पुजा भइरहेको छ ।



