बारा, जेष्ठ १ गते ।
बाराको स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको हो ।
विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको उक्त परिक्षामा विभिन्न विद्यालयबाट ४ सय ५० जना विद्यार्थीहरू सहभागी भएका थिए ।
परिक्षामा एभरग्रिन स्कुल जितपुरमा युराज कुमार प्रथम स्थान हासिल गरेर नगद रू ११ हजार र सिल्डमेडल प्राप्त गरे । परिक्षामा जीतपुर पब्लिक स्कुलका दिपांशु तिवारी दोस्रो स्थान हासिल गर्दै नगद रू ७ हजार र सिल्डमेडल प्राप्त गरे ।
एमरल्ड एकाडेमी जितपुरका अलिसा चौधरीले परिक्षामा तेस्रो स्थान सहिल गर्दै नगद रू ५ हजार र सिल्डमेडल प्राप्त गरिन भने परिक्षामा ११ जनाले सन्तोना पुरस्कार स्वरूप नगद रू पाँच पाँच सय प्राप्त गरे ।
परिक्षामा जितपुर पब्लिक स्कुल जितपुर, होली राज स्कुल जितपुर, केयर भिजन स्कुल जितपुर, एजुकेशन गार्डेन बारा स्कुल, एमरल्ड एकाडेमी जितपुर, एभर ग्रिन स्कुल जितपुर, शहिद स्मारक जितपुर, ज्ञान निकेतन स्कुल पर्सा ३२, ब्राईटर एकेडेमी सिमरा, सिमरा पब्लिक स्कुल सिमरा, न्यु एकता सिमरा, डुमरवाना पब्लिक स्कुल डुमरवाना, पवित्रा राज स्कुल बकुलिया लगायतका विद्यालयहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक सन्दिप साहको अध्यक्षता सम्पन्न भएको स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ को प्रमुख अतिथि समाजसेवी एंव वरिष्ठ डा. रबिन्द्र सिंह रहनु भएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।




