बारा, जेष्ठ १२ गते ।
जेष्ठ १९ गतेबाट प्रथम लोहसण्डा फुटबल गोल्डकप प्रतियोगिता सुरू हुने भएको छ । प्रतियोगिताको आयोजक सन राईज यूथ क्लबले शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थीत पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।
प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । जेष्ठ २६ गते सम्म चल्ने प्रतियोगितामा विरगञ्ज सिटि एफ सि, जन शक्ति क्लब कोल्हबी, श्री वन शक्ति क्लब सिद्धपुर, पर्सागढि युवा स्पर्टस् क्लब बढनिहार, चन्द्रपुर ८ एफ सि रौटहट, विरगञ्ज युथ एकेडमी, सायनिङ्ग स्टर युथ क्लब मन्हार्वा र आयोजक श्री सनराईज युथ क्लब सहभागि हुने भएका छन् ।
करिब ६ लाख २५ हजार खर्छ हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार रुपैंया पुरस्कार पाउने छन् । प्रतियोगितामा हरक खेलको उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसैगरी फाईनल खेलमा एकजनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर), विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षक, डिफेन्स, मिड फिल्डर एकएक जनालाई पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष बन्दन चौधरीले बताउनु भयो ।
नगरको मध्य स्थानमा रहेको लोहसण्डा खेल मैदान दर्शकहरुको उपस्थीतिका हिसावले उत्कृष्ठ प्रतियोगिता बन्ने विश्वास लिईएको छ । यहाँ दैनिक हजारौं दर्शक स्वस्फूर्त खेल हेर्न आउने अनुमान गरिएको छ ।
प्रथम लोहसण्डा गोल्डकपको पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिव शंकर प्रसाद कुशवाहाले लोहसण्डामा पहिलो पटक हुन लागेको गोल्डकपको लागि वडाले ३ लाख आर्थिक सहयोग गरेको बताउनु भयो। सनराईज युथ क्लबले प्रथम लोहसण्डा गोल्डकप सफलतापूर्वक सम्पन्न गरे पछि अर्को बर्ष यस गोल्डकपलाई निरन्तरता दिने समेत उहाँले बताउनुभयो ।



