प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा विरगञ्ज सिटिको बिजयी सुरुवात

बारा, जेठ १९ गते ।

विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो ।

काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्जले १–० को जीत निकालेको थियो । विरगञ्जको जीतमा जर्सि नम्बर ८ का खेलाडी अर्मान चौधरीले पेनाल्टी सुटलाई सदुपयोग गर्दै एक गोल गरे । निर्धारीत समयमा विरगञ्जको बिरुद्धमा कोल्हबीले गोल फर्काउन नसकेपति चौधरीको गोल खेलको निर्णयक बन्न पुग्यो ।

सनराईज युथ क्लब लोहसण्डाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको लोहसण्डा खेलमैदानमा भएको उक्त उद्धाटन खेलको पहिलो हापको १२औं मिनेटमा चौधरीले पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए ।

प्रथम लोहसण्डा फुटबल गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै बारा क्षेत्र न ४ (क) को प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदको विकासका निम्ती आफू बाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्धाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उंहाले देशमा खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको बताउनु भयो ।

रेफ्रीलाई बल हस्तान्त्रण गर्दै प्रमुख अतिथि

सनराईज युथ क्लका अध्यक्ष बन्दन चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि, उपमहानगरको प्रथम उपमेयर सरस्व्ती चौधरी, जीतपुरसिमरा ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहा, जीतपुरसिमरा ८ का वडा सदस्य सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सहसचिव संदेश सिंहले गर्नुभएको थियो ।

सनराईज युथ क्लबको आयोजनामा जेठ १९ बाट गते देखि सुरु भएको प्रतियोगिता जेठ २६ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु ८० हजार र उपविजेताले नगद रु ४० हजार प्राप्त गर्नेछन् ।