- एस.एस.पटेल, बारा ।
‘दीगो पर्यटनका लागि हवाइ कनेक्टिभिटी’ भन्ने मूल नाराका साथ आजदेखि सिमरा पोखरा उडान सुरु भएको छ । हवाई मार्गमार्फत जोडिन लागेको सिमरा पोखराको आज पहिलो उडानको उद्धघाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले गर्नु भएको हो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागी अति महत्वपूर्ण मानिएको यस हवाई कनेक्टिभिटिको पहिलो उडान पोखरा बिमानस्थलबाट आज दिउसो १ बजे गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा सहति उँहाको टिम लिएर बुद्ध एयरको जहाजले सिमरा विमान्स्थलमा अवतरण थियो ।
पहिलो पटक १८ सिट क्षमताको बुद्ध एयरको जहाज १९०० डि पोखराबाट सिमरा आएको थियो । उक्त विमानमा शर्मासहित पर्यटन सम्बद्ध संघसंस्था तथा सरोकारवालाहरुलाई सिमरा विमानस्थलको बिशिष्ठ कक्षमा स्वागत गरिएको थियो । स्वागतका लागी सिमरा विमानस्थलमा प्रदेश नम्बर २ का पर्यटन मन्त्रि रामनरेश रायसहित पर्यटनकर्मी, जीतपुरमिरा उपमहानगरपालिकाका मेयर डा.कृष्णा पौडेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगीब्यवसायी , समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
सिमरा पोखरा उडानका लागी फेयरका आधारमा ३ किसिमको टिकट दर राखिएको सिमरा बुद्ध एयर कार्यालयले जानकारी दिएको छ । टिकट दर ४ हजार ७ सय ७०, ५ हजार २ सय ७० र ७ हजार १ सय ७० रहनेछ । अहिले हप्तामा २ दिन आईतबार र बुधबार दिउसो १ः१५ बजे उडान भर्ने तालिका रहेपनि यात्रुको मागका आधारमा यो संख्या बढाउन वा घटउन सकिने बुद्ध एयरले जनाएको छ ।
उद्घाट गर्दै पोखरा बाट सिमरा विमान्स्थल आउनुभएका गण्डकी प्रदेशका पर्यटन मन्त्रि मणिभद्र शर्माले यो हवाई उडान पर्यटकीय क्षेत्रमा राम्रो योगदान दिने बताउनुभएको छ भने प्रदेश २ बाट पोखरा पुग्न अब काठमाण्डौ भएर लामो दुरीको यात्रा गर्ननपर्ने बताउदै अब सिमरा बाट सिधा पोखरा हवाइ उडान मार्फत प्रदेश नम्बर २ र छिमेकी देश भारतबाट पनि पोखरा घुम्न आउने पर्यटकका लागि पनि सहज हुने उँहाले बताउनु भयो ।
यता प्रदेश २ का पर्यटन मन्त्रि रामनरेश रायले पोखरा सिमरा हवाई उडानले सिधा प्रदेश नम्बर २ लाई गण्डकी प्रदेश संग जोडेको हुनाले यात्रुहरुलाई धेरै सहज हुने बताउनु भयो । साथै उहाले गण्डकी प्रदेश जस्तै अरु प्रदेश संग पनि हवाई उडान मार्फत जोडने प्रयास भइरहेको उहाले बताउनु भयो ।




