असोज २२ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा बजारमा मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाको आयोजना तथा सूर्य नेपाल प्रा.लि. सिमराको सौजन्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ८ महिला सहित १ सय १२ जनाले रक्तदान गरेको कार्यक्रमका सहजकर्ता एवं सूर्य नेपालप्रा.लि.का कर्मचारी बेनी प्रसाद तिमल्सिनाले जानकारी दिए ।
गत असोज ११ र १२ गते भएको विनाशकारी बाढी पहिरोपछि काठमाडौं उपत्यकामा रगतको अभाव देखिएकोले केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा रगतपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाका सभापति शिवकुमार शर्माले बताए ।
रक्तदानकार्यक्रममा सशस्त्रप्रहरी बल नं. ४० रिजर्भ गण हे.क्वा. पिलुवा, रक्तसञ्चार केन्द्र वीरगञ्ज र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गरेको थियो । दशैं लगतै पूनःसिमरामाजगदम्बा स्टिलसंगको सहकार्यमा रक्तदानकार्यक्रम राखिने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्षमोहनशर्मा लामिछानेले जानकारी दिए ।
मंगलबार विहान जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजनपौडेलले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा उप-प्रमुख भोला प्रसाद अधिकारी, सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गण हे.क्वा. पिलुवाका गणपती सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर बस्नेत, होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यवाहक अध्यक्ष शम्भु खड्गीलगायतको उपस्थिती रहेको थियो ।





