बारा, फागुन १० गते ।
डुमरवानाको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आफ्नै ग्राउण्डमा सम्पन्न गरेको हो ।
स्कुलको संचालक समितिको अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीपतुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले प्रमुख अतिथि रहनु भएको थियो ।
वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेको थियो भने विद्यालयका छात्रछात्राले सांगीतिक प्रस्तुति राखेका थिए । वार्षिकोत्सवका अवसरमा विद्यालयले खेलकुदसहित विभिन्न रचनात्मक कार्यक्रम समेत गरेको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराको प्रमुख प्रहरी नायब उपरीक्षक शुभद्रा लामा वाइवा, डुमरवाना बहुमूखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, जीतपुरसिमरा वडा नम्बर १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतको उपस्थिती रहेको थियो ।




