मधेस बुझ्न सर्लाही आएको हुँः सभापति गगन थापा

काठमाडौँ, फागुन ९-

नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस बुझ्न सर्लाही पुगेको बताएका छन् । घरदैलोका क्रममा उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं मात्र बुझेर नपुग्ने भन्दै आफू मधेश चिन्न सर्लाही आएको बताएका हुन्।

घरदैलो अभियानमा थापाले भने, ‘मलाई काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिँडिदिनुस्, २१ गतेपछि तपाईँहरूको जिम्मा म लिन्छु।’ उनले अब सांसद खोज्दै जनता धाउनु नपर्ने र आफ्नो सम्पर्क कार्यालयमार्फत सिधै जोडिन सकिने बताए।

उनले थप भने, ‘कुनै पनि अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नुभन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो।’