शान्ति युवा विकास मच्चा जीतपुर द्वारा मसानघाटमा साेलार बति जडान

जितपुर माघ १ गते,

बाराकाे जितपुर स्थित राताेपुलकाे शमशानघाटमा रातकाे समयमा शव जलाउँदा मलामीहरुलाइ पर्न गईरहेकाे समस्यालाई समाधान गर्न समाजमा अग्रसर शान्ति युवा बिकास मच्चले साेलर बति जडान गरेको छ ।

शान्ति युवा बिकास मच्चका अध्यक्ष बिबेक सर्राफ काे अध्यक्ष्तामा तथा जितपुरका जल्दाबल्दा युवा समाजसेवी मनाेज कुमार साहकाे प्रमुख अतिथ्यतामा चारवटा साेलार बतिकाे स्वीच थिची उज्यालो कार्यक्रममााकाे उद्घाटन गरियो ।

रात्रि समयमा अंध्याराेमा शवकाे दाहसंस्कार जाने मलामीहरुलाइ अब उप्रान्त अंध्याराेबाट हुने समस्याको समाधान गर्न शान्ति युवा बिकास मञ्चले अति नै सह्रानीय कार्य गरेको प्रमुख अतिथि मनाेज कुमार साहले बताए ।

आजको यश उज्यालो कार्यक्रम शान्ति युवा बिकास मञ्चका पुर्व अध्यक्ष मनिष दाहाल ,उपध्यक्ष याेगेश अधिकारी,सचिव सजय चाैधरी, अजय कुशवाहा, कृष्णप्रसाद जैसवाल , सल्लाहकार नवीन मैनाली लगायतका सदस्यहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।