जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको होली मिलन कार्यक्रम सम्पन्न

  • एस.एस. पटेल, बारा ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालयमा होली मिलन कार्यक्रम सम्पन्न गरिएको हो ।

मधेस प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री तथा प्रदेश सांसद जितेन्द्र सोनलको हातबाट वाणिज्य संघले होली मिलन कार्यक्रमको शुरूवात गरेको थियो । कार्यक्रममा होलीको रौनक अबिर लगाएर शुभकामना अदानपर्दान गरिएको थियो ।

कार्यक्रममा बारा र पर्साका विभिन्न पार्टी, संघ संस्थाहरूको प्रमुख, प्रतिनिधिहरू र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।