- चितवन, असार ४-
चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । टाँडीबाट भरतपुर तर्फ आउदौ गरेको ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय चितवनको अनुसार आज बिहान ४ः५५ बजे ना ४ ख २७४८ नम्बरको ट्रकको ठक्करबाट घाइते भएको रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हाल ट्रक चालक मकवानपुरको हेटौँडा १४ का ४५ वर्षीय धावा थोकर सहित ट्रक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ ।




