- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा उद्योग वाणिज्य संघको निर्वाचन निकै चर्चाको विषय बनेको छ । उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष देखि सदस्य सम्मको पदका लागि यहि असार ११ गते निर्वाचनको मिति तोकिएको छ ।
वाणिज्य संघको अन्य पद भन्दा वाणिज्य तर्फको सचिवको पदमा भने सबै भन्दा बढि उम्मेदवारी दर्ता भएको छ । संघको वाणिज्य सचिव पदमा ६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
वाणिज्य तर्फको सचिव पदमा दर्ता भएका ६ जना उम्मेदवार मध्ये विष्णु प्रसाद अधिकारीको बजारमा निकै चर्चा भैरहेको छ । जीतपुरका निकै चर्चित चिया पसल भैरव टि एण्ड जेनेरल स्टोरका संचालक कृष्ण गुप्ताका अनुसार चिया पिउन आउने व्यापारीहरूले विष्णु प्रसाद अधिकारीको निकै चर्चा गरिरहेका छन् ।
अधिकारीको पछिल्लो स्टाटस हेर्नेहो भने जीतपुरसिमराका व्यापारीहरूको हरेक समस्यामा उनी अघि रहेको हेर्न सकिन्छ । उनी एउटा शिक्षित व्यक्ति सहित विसुद्ध व्यापारी हुन ।
जीतपुर बजारमा जानकारी नेपालको टिम जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा प्रतिकृया लिदा वाणिज्य सचिवमा अधिकारी एक बलियो उम्मेदवार र उनि उद्योग वाणिज्य संघ चलाउन सक्ने क्षम्ता भएको व्यापारीहरूले बताएका छन् ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको विधानअनुसार बरिस्ठ उपाध्यक्ष ३ वर्ष पछि स्वत अध्यक्ष हुने भएको हुनाले मोहन शर्मा लामिछाने निर्विरोधमा अध्यक्षमा निर्वाचित हुनु भएको छ भने निर्विरोधमै उद्योग तर्फको सचिवमा मुकेस साह पनि निर्वाचित हुनुभएको छ ।




