बारामा ५ वर्षीय बालिका बलात्कृत, बलात्कारको आरोपमा जीतपुरसिमराका अजय पक्राउ

  • जानकारी नेपाल, डेस्क ।

बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार गरेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने बर्ष १९ को अजय पाख्रिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पाख्रिनले ती बालिकालाई घरमा कोही नभएको मौकामा ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । बलात्कृत बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले बलात्कारको आरोपित पाख्रिनलाई पक्राउ गरेको हो । घटना बुधबार साँझ ५ बजे भएको हो ।

पक्राउ परेका यूवकलाई विहिबार अपराहन्न जिल्ला अदालत बाराबाट दिन ७ को म्याद थप गराई न्यायायिक हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।