- जानकारी नेपाल, डेस्क ।
मधेस प्रदेशको बारामा करेन्ट लागेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नं. ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलका छोरा ११ बर्षका प्रिन्स पटेलको मृत्यु भएको हो ।
सोमबार आफ्नै घरको धारामा जडान गरिएको विद्युतिय मोटर चलाउने क्रममा करेन्ट लागि बालकको मृत्यु भएको बारा प्रहरीले बताएको छ ।
करेन्ट लागेर घाईते भएका बालकलाई उपचारका लागी बयोधा अस्पताल बिरगजं लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता एवम् प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभएको छ ।






