- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा एक कुकुरले आतंक मचाएको छ । सो कुकुरले आज सोमबार एकदिनमै दर्जनौ भन्दा बढि मानिसहरुलाई टोकेको छ ।
रातीको समयमा जीतपुरको सडकमा धेरै संख्यामा सडक कुकुरहरु हेर्न सकिन्छ तर हाल सम्म कुनै घट्ना भने घटेको थिएन तर एकासी एक नयाँ कुकुर जीतपुरको सडकमा हिनिरहेको सर्बसाधारणलाई टोक्दै हिनेको छ ।
सो कुकुरको कारण जीतपुरमा मानिसहरु हिन्न डराईरहेको छन् । पागल कुकुर भनेर भनिएको आतंक मचाउने कुकुर शान्ति टोलमा भने निकै क्षती पुगाएको छ । यस विषयमा जीतपुरसिमरा ७ का वडा अध्यक्षले भने सो कुकुरलाई नियन्त्रण गर्न आफु लागि परेको बताउनु भएको छ ।
कुकुरको टोकाई बाट घाईते भएकाहरु जीतपुरका विभिन्न क्लीनिकहरुमा उपचार गराईरहेका छन् भने केही व्यक्तीहरु गम्घिर भएर विरगञ्जमा उपचार गराईरहेको छन् । सोही कुकुरको टोकाइबाट अन्य दुई कुकुरको समेत ज्यान गएको छ ।




