डेस्क, भाद्र ३१ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षले आफ्नै गाडीबाट फोहोर उठाएका छन् । उपमहानगरको कर्मचारीहरू आन्दोलित भएर नगरपालिकाको सम्पुर्ण कामकाज बन्द गरेपछि फोहोर उठ्न नसके पछि वडा अध्यक्ष आफ्नै गाडीले फोहोर उठाउन बाध्य भएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तारा कार्कीले कर्मचारीहरू संग अभद्र व्यवहार गरेको भन्दै हिजो बिहिबार कलम डाउन गरि नगरको सम्पुर्ण कामकाजहरू बन्द गरेका थिए । नगरको सम्पुर्ण कामकाज बन्द भए संगै आज फोहोर पनि उठ्न नसक्ने भन्दै ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफ्नै निजि गाडी प्रयोग गरि जीतपुर बजारको फोहोर उठाए थिए ।
जीतपुरसिमरा-७ का वडा अध्यक्ष गुप्ता निर्वाचित भएसगैं फोहोर व्यवस्थापनमा बढि ध्यान दिदै आएका छन् । जीतपुरको मुख्य समस्या फोहोर भएको कारण आफनुहरू फोहोर मै विषेश केन्द्रित भएको वडा अध्यक्ष गुप्ताको ठहर ठहर छ ।




