डेस्क, असोज १६ गते ।
मंसिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनमा बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार संतोष कुशवाहा द्वारा पत्रकार सम्मानित भएका छन् । कुशवाहाले बाराको जीतपुरका क्रियाशील पत्रकारहरूलाई सम्मान गरेका हुन ।
प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार संतोष कुशवाहा द्वारा आयोजना गरिएको नेपालीहरूको महान चांड बडा दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारलाई सम्मानित गरिएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा कुशवाहाले अब बारा क्षेत्र नम्बर ४ (क) लाई एउटा उवाको खाचो छ, यस क्षेत्रको चौतर्फी विकासको लागि मैले संकल्प लिएर अगाडि बढेको छु सबैको साथ र सहयोगको आवस्यकता छ उँहाले भन्नू भयो ।




