जीतपुर स्कुलको व्यवस्थापन समितिको मुदा पेचिलो बन्दै, उच्च अदालतले दियो अन्तरीम आदेश

एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ मा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि मा.विको स्कुल व्यवस्थापन समितिको मुदा झन पेचिलो बन्दै गएको छ । सो स्कुलको नंया व्यवस्थापन समितिलाई कुनै कामकाज नगर्न उच्च अदालत विरगञ्जले अन्तरीम आदेश जारी गरेको छ ।

गत वैशाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचानबाट निर्वाचित भएका जीतपुरसिमरा ७ का जनप्रतिनिहरुले पुरानो व्यवस्थापन समितिका अध्यक्षलाई हटाई आफ्नो नेत्रीत्वमा व्यवस्थापन समितिको अध्यक्ष बनाए पछि विवाद शुरु भएको थियो ।

यता जीतपुरसिमरा ७ का नवनिर्वाचित वडा अध्यक्षको नेत्रीत्वमा बनेको नँया समितिको अध्यक्ष स्थानिय सरकारको नियम टेकेर बनाइएको वडा नम्बर ७ को वडा जनप्रतिनिधिले बताउनछन् । स्थानिय सरकारको एन अनुसार वडाको नेत्रीत्वमा स्कुल व्यवस्थापन समिति गठन हुनु पर्ने व्यवस्था भएको उंहाहरूको भनाई छ ।

यता उच्च अदालत विरगञ्जमा स‍ोही स्कुलको व्यवस्थापन समिति सदस्य ज्ञानी पास्वानले श्री फकिरा गिरि राजेश्वर गिरि मा.विको नयाँ स्कुल व्यवस्थापन समितिको अध्यक्ष संघिय सरकारको नियम विपरीत बनेको भन्दै उजुरी दिएकी छन् । उजुरीमा उच्च अदालत विरगञ्जले नवनिर्वाचित वडा अध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा बनेको व्यवस्थापन समितिलाई कुनै कामकाज नगर्न अन्तरीम आदेश दिएको हो ।

उजुरीमा के छ?
व्यवस्थापन समिति सदस्य ज्ञानी पास्वानले संघिय सरकारको शिक्षा एनमा वडा वा वडा अध्यक्षले सिफारिस गरेको व्यक्ति स्कुलको सदस्य मात्र बन्न पाउने प्रावधान छ । वडाले ३ जनाको नाम सिफारिस गरेर सदस्य बनाउने प्रावधानलाई मिचेर वडाले अबैधानिक सिफारिस गरेर व्यवस्थापन समितिको अध्यक्ष नै बनाएको भन्दै रिट परेको हो ।

यता स्थानीय सरकारको नियमले हेर्दा स्कुलको नयाँ व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्षले सिफारिस गरेर बनाउन सकिने व्यवस्था छ । स्थानीय सरकार र संघिय सरकनरको एन बाझिएको यहाँ प्रष्ट भएको छ ।

एन बाझिए के हुन्छ?
नियम अनुसार संघिय सरकार र स्थानीय सरकारको नियम वा एन बाझिए स्वतह संघिय सरकारको नियम लागु हुने व्यवस्था छ ।