एस.एस. पटेल, बारा ।
कोसेली युथ क्लब सिमराको आयोजनामा बाराको सिमरामा आज बाट शुरू भएको कोसेली कपमा दुई खेल सम्मान भएको छ । कोसेली कपको उद्घाटन खेलमा दिव्य ज्योति एफ.सि विजयी भएको छ भने दोस्रो खेलमा नव जनप्रगति युवा क्लब विजयी भएको हो ।
कोसेली कपको पहिलो उद्घाटन खेलमा सिमरा युनाइटेड र दिव्य ज्योति प्रतिस्पर्धा गरेको थियो । प्रतिस्पर्धामा सिमरा युनाइटेड र दिव्य ज्योती १-१ गोलको बराबरी स्कोर गरेको थियो । स्कोर बराबर रहेको उक्त खेल पेनाल्टीमा गएको थियो पेनाल्टी खेलमा सिमरा युनाइटेडलाई दिव्य ज्योतीले पराजित गर्दै खेलको जित हाथ पारेको हो ।
तेसै गरि कोसेली कपमा आज भएको दोस्रो खेलमा आयोजक क्लब कोसेली क्लब “ए” र नव जनप्रगति युवा क्लब (एन.जे.पि.वाई.सि) बिच रोमाञ्चक प्रतिस्पर्धा भएको थयो । प्रतिस्पर्धामा कोसेली क्लब “ए” र एन.जे.पि.वाई.सि १-१ गोलको बराबरी स्कोर गरेको थियो । स्कोर बराबर रहेको उक्त खेल पनि पेनाल्टीमा गएको थियो पेनाल्टी खेलमा कोसेली क्लब “ए” लाई नव जनप्रगति युवा क्लबले पराजित गर्दै खेलको जित हाथ पारेको हो ।
प्रतियोगितामा विजेता टिमलाई ३० हजार नगद र दोस्रो विजेतालाइ २० हजार नगद पुरस्कार सहति सिल्ड र मेडलको व्यवस्था रहेको छ ।




