दोस्रो कोसेली कप: फाईनल खेलमा प्रवेशको लागि आज ४ टिप प्रतिस्पर्धा गर्ने

बारा, कार्तिक ५ गते ।

कोसेली युथ क्लब सिमराको आयोजनामा बाराको सिमरामा भईरहेको दोस्रो कोसेली कपमा आज सेमिफाइनलको दुई खेल हुने छ ।

कोसेली कप २०७९ मा आज दिव्य ज्योति एफ.सि र एन.जे.पि.वाइ.सि बिच १:३० बजे र आयोजक क्लब कोसेली युथ “बि” र त्रिशुल युवा क्लब बिच ३ बजे फाईनलमा प्रवेश गर्नको लागि सेमिफाइनलको प्रतिस्पर्धा हुने छ ।

८ टिमको सहभागिता रहेको कोसेली कप प्रतियोगितामा विजेता टिमलाई ३० हजार नगद र दोस्रो विजेतालाइ २० हजार नगद पुरस्कार सहति सिल्ड र मेडलको व्यवस्था रहेको छ ।