एस.एस. पटेल, बारा ।
जंगली हात्तीको आक्रमणमा परी बारामा एक महिलाको मृत्यु भएको छ । जल्लाको अमलेखगंजमा हिजो बिहिवार दिउँसो हात्तीलेआक्रमण गर्दा घाइते भएकी जीतपुरसिमरा २१ अमलेखगञ्जकी ५१ वर्षीया रुगैदा खातुनको अल्पाइन अस्पतालमा मृत्यु भएको हो ।
बाख्रा चराउन जंगल गएको समयमा खातुनलाई हात्तीले आक्रमण गरेको थियो । अमलेखगंजस्थित नेपाल आयल निगम अगाडी रहेकोपार्किङ नजिकको जंगलमा खातुनलाई हात्तीले आक्रमण गरेको प्रहरी प्रहरीले जनाएको छ ।
जंगली हात्तीले आक्रमण गर्दा खातुनको घाँटी र खुट्टामा गंभिर चोट लागेको थियो । हात्तीले आक्रमण गरी घाईते बनाएपछि खातुनसंगैजंगल गएका अन्यले प्रहरीलाई खबर गरेका थिए ।




