बारा कार्तिक २९ गते ।
बारा क्षेत्र नं. ४ निवर्तमान सांसद एवम् हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाले व्यक्तिगत प्रचारलाई भन्दाकामलाई प्राथमिकता दिएको मतदाताले नै बताउन थालेका छन् ।
२०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि जनतालाई मुख नदेखाएको भन्दै अन्य प्रतिस्पर्धी उम्मेदवारले चुनावी एजेण्डा बनाएकोसुनेपछि मतदाताले आफैले सो कुरा खण्डन गर्न थालेका हुन् । मियाले निर्वाचनपछि मुख देखाउने भन्दा विकास निर्माणको कामलाईप्राथमिकतामा राखेर काम गरेको मतदाताको भनाई छ ।
‘अरु नेता हुल बाधेर हिड्छन्, काम गरेको भन्दा बढी प्रचार गरेका हुन्छन्’ अमलेखगंजका सुरेश मगरले भने ‘तर मियाले कहिल्यै त्यस्तोगरेको मैले थाहा पाईन् । आफ्नो प्रचार गर्ने भन्दा कामलाई प्राथमिकता दिएको देखे ।’ मियाले क्षेत्रको दुवैतर्फ विकास निर्माणकोकामलाई प्राथमिकतामा राखेको र विभेद नगरेको मगरले बताए ।
मिया अघिल्लो पटक तत्कालिन राजपा (हाल लोसपा) बाट निर्वाचित भएका थिए । लोसपाको प्रभाव जीतपुरभन्दा उत्तरतर्फ कम छ ।पार्टीको प्रभाव कम रहेको र कार्यकर्ता समेत सक्रिय नभएका कारण मिया आएको र फर्किएको प्रचार नहुने गरेको जीतपुरसिमरा २२चकरीकी मुना थिङले बताईन् ।
‘नेता चुनाव जितेदेखीनै आईराख्नु हुन्थ्यो । यहाँ पनि विकास निर्माण र जनताको आवश्यकता अनुसारको काम गर्नुभएको छ’ थिङलेभनिन् ‘तर अर्को पार्टीको मान्छे नेताले मुख देखाएनन् भनेर भन्छन् । तर हामीलाई सत्यता थाहा छ ।’
उम्मेदवार मिया आफू समेत संगठन सक्रिय नभएका कारण उत्तरी क्षेत्रमा आफ्नो उपस्थितीले प्रचार नपाएको बताउछन् । आफूलेकामलाई प्राथमिकता दिएको बताउदै मियाले प्रचार गर्नका लागि आफूले कार्यकर्ता बोकेर कहिल्यै पनि नहिडेको बताए ।
‘मैले प्रचार गर्न चाहेको भएर दुई गाडी कार्यकर्ता बोकेर जता पनि हिड्न सक्थे । तर मैले त्यसो गरिन’ मियाले भने ‘जनताले माग गरेकायोजना आवश्यकता रहेनरहेको हेर्थे र आवश्यकता अनुसार योजना निर्माणको कामलाई प्राथमिकता दिन्थे ।’
आफूले उत्तरी क्षेत्रतर्फ जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंज, चकरी, मकरी, सिमरा, जीतपुर रामबन, बजनीलगायतकाक्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकको क्षेत्रमा उलेख्य काम गरेको बताए । आफूले मुख नदेखाएको भन्दै जनतालाई झुक्याएरभोटको खेती नगर्न समेत प्रतिस्पर्धीलाई आग्रह गरेका छन् । मियाले दक्षिणतर्फ फेटा, परवानीपुर, प्रसौनी र कलैयालगायतको क्षेत्रमागरेको कामलाई जनताले रुचाएको बताए ।
फेटा गाँउपालिकाका रामपुकार दासले निवर्तमान सांसदको विषयमा दक्षिणतर्फ मुख नदेखाएको भन्ने गुनासो नरहेको सुनाए । उनलेमियाले गरेको कामलाई जनताले रुचाएको र यसपटक पनि उम्मेदवार भएको देख्दा जनता उत्साहित रहेको बताएका छन् ।




