मधेशमा भोली सार्वजनिक विदा

बारा, मंसिर ११ गते ।

मधेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेशको ठूलो पर्व सीताराम विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले भोली (सोमबार) सार्वजनिक विदा दिएको हो ।

मधेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एउटा शुभकामना सन्देश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् । सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाहपञ्चमीको भोलि मुख्यदिन रहेको छ ।

विज्ञप्ती