बारामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, मंसिर २४ गते ।

बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका – ८ मा मोटरसाइकल आफै अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिको वडा नम्बर १० बस्ने ३० वर्षीय रतन दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

कलैयाबाट लग्डाचौक जाँदै गरेको ना २४ प ५३२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा गम्भिर घाइते भएका दासलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।