बारा, पुष ८ गते ।
बाराको महागढिमाइ नगरपालिकामा अज्ञात समुहद्वार चलाइएको गोली लागेर गम्भीर घाइते भएका भारतीय व्यापारीको उपचारको क्रममा मृत्यु भएको छ ।
दुईवटा भारतीय नम्बर प्लेट मोटरसाइकलमा आएका ५ जनाको समुहले भारतको छौडादानोकाका व्यापारी भनिएका अन्दाजी ५० वर्षको शिव पुजन रायको छातिमा गोली लागेको थियो । रायको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको छ ।




