जीतपुरको एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी, गोदाम जलेर खरानी

बारा, वैशाख ८ गते ।

बाराको एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडानमबर ७ जीतपुरको प्रिमियम ईलेक्ट्रिकल्समा आगलागी भएको हो ।

शुक्रबार राति करिब ९:४० बजेको समयमा पसलमा आगो लागेको स्थानियहरूले बताएका छन् । आगलागी भएको केहि ३० मिनट भित्रस्थानिय, जीतपुरसिमरा उपमहानगरपालिकाको बारूणयन्त्र र प्रशासनको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

आगलागीबाट पसलको गोदाममा बढि क्षति भएको छ । आगलागीबाट गोदाम पुर्णरूपले जलेर खरानी भएको पसलका संचालक अंजद अंसनरीले बताउभयो । आगलागीबाट पसलमा अन्दाजी लाखौको क्षति भएको बताईएको छ ।

आगलागीमा भएको क्षतिको विवरण भने आउन बाकि छ ।