क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन, मंसिर १८- चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो । असोज २५ गतेदेखि राखिएका क्यामेरा एक … Read more

इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

काठमाडौं, मंसिर १८- इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको छ। ​यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा … Read more

नवराज विकसहित ६ जनाको हत्या भएको घटनाको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, मंसिर १७- रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि … Read more

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख २० हजार नाघ्यो

काठमाडौं, मंसिर १७- एकै दिन सुनको मूल्य १८ सयले बढेर तोलाकै एक लाख २० हजार नाघेको छ । बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो । जहाँ यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ हालसम्मकै उच्च मूल्य थियो … Read more

दुर्गा प्रसाईंको दाबीः फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ

काठमाडौं, मंसिर १७- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् ।आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका हुन् । उनले व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका प्रसाईंले मंसिर ३० गतेभित्र … Read more

बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ

बारा, मंसिर १५ गते । बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा खसी भनेर बाख्रा बेचेर ठगि गर्ने एक जना पक्राउ परेका हुन् । स्थानिय मिश्री देवानले संचालन गरेको मुस्कान सप्लायर्स एण्ड फ्रेस हाउसमा प्रहरीले छापा हान्दा बाख्राको मासुमा खसीको अण्डकोष … Read more

नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च अदालत पाटनबाट आज आदेश आउने

काठमाडौं, मंसिर १५– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ। मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने जानकारी दिए। न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ … Read more

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

बाँके, मंसिर १५– बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना … Read more

बाराको जीतपुरमा आगोमा जलेर एक महिलाको मृत्यु

बारा, मंसिर १५ गते । बारा जिल्लाको जीतपुरमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोलमा आगोमा जलेर एक महिलाको मृत्यु भएको हो । स्थानिय राजेन्द्र गिरिको श्रीमति ५५ वर्षिय विन्दा देवीले बिहिबार बेलुका आफ्नै कोठा भित्र शरिरमा आगो लगाएकी थिन् । मानसिक अवास्था ठिक नभएकी गिरिले … Read more

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

काठमाडौँ, मंसिर ११- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । प्रधानमन्त्री प्रचण्डले … Read more