लौरोमय बन्यो बारा, २ हजार भन्दा बढि समर्थक सडकमा, चुनाव जित्न अन्तिम कसरतमा कुशवाहा

बारा, मंसिर १ गते । बारा क्षेत्र नम्बर ४ (क) को प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले बारालाई लौरोमय बनाएका छन । जिवनको पहिलो चुनावी मैदानमा उत्रिएका सन्तोषको २ हजार भन्दा बढि समर्थक सडकमा आएर आज शक्ति पदर्शन गरेको छन् । परिवर्तनको संकेतको रुपमा चिनिएका सन्तोषको चुवान चिन्ह लौरो बारामा निकै चर्चामा छ । … Read more

सन् २०२४ को चुनावमा पुनः राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा

न्युयोर्क, कात्तिक ३०- ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन्। उनले आफ्नो फ्लोरिडास्थित मार-ए-लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकनमा अझै लोकप्रिय छन्। राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले … Read more

आज बढ्यो सुनको भाउ, चाँदीको घट्यो

कात्तिक काठमाडौँ ३०- नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ। बुधबारको बजारमा चाँदीको भाउ भने घटेको छ। चाँदी … Read more

देशै भर क्रमिकरूपमा तापक्रम घट्दै

काठमाडौँ, कात्तिक ३०-  जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न … Read more

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाभित्रै ४९ वन्यजन्तुको मृत्यु

चितवन, कात्तिक ३०– चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७९/८० को चार महिनामा ४९ वटा वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुने जनावरहरुमध्ये सबैभन्दा धेरै २८ वटा चित्तल रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जसमध्ये १७ वटा कुकुरको आक्रमणबाट र सडक दुर्घटनामा र दलदलमा परेर एक/एक वटा चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले … Read more

मियाले प्रचार गरेनन्, काम धेरै गरेः मतदाता

बारा कार्तिक २९ गते । बारा क्षेत्र नं. ४ निवर्तमान सांसद एवम् हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाले व्यक्तिगत प्रचारलाई भन्दाकामलाई प्राथमिकता दिएको मतदाताले नै बताउन थालेका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि जनतालाई मुख नदेखाएको भन्दै अन्य प्रतिस्पर्धी उम्मेदवारले चुनावी एजेण्डा बनाएकोसुनेपछि मतदाताले आफैले सो कुरा खण्डन गर्न थालेका हुन् । मियाले … Read more

जीतपुरसिमराको २ र ५ नम्बर वडामा ५ दलिय गठबन्धनको घरदैलो सम्पन्न

बारा, कर्तिक २९ गते । ५ दलिय गठबन्धनले बारा ४ मा घरदैलो अभियानलाई तिब्रता दिएको छ । मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै ५ दलिय गठबन्धनले घरदैलो अभियानलाई तिब्रता दिएको हो । अभियान अन्तर्गत जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर २ र ५ मा आज घरदैलो सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य उम्मेदवार किसान श्रेष्ठ र … Read more

बलियो बन्दै गएका स्वतन्त्र उम्मेदवार वाग्ले चुनाव जित्न अन्तिम कसरत गर्दै

बारा, कार्तिक २९ गते । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले चुनावी परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि प्राप्त जनसमर्थनबाट हौसिएका वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । सुरुवातदेखीनै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउदै लगेका उनले चुनाव आउन पाँच दिन बाँकी रहदा मतदातासंगको … Read more

मतदाताको गुनासोः विद्युत् आएन तर भोट हाल्ने दिन आयो

मध्यविन्दु (नवलपरासी पूर्व), कात्तिक २९-  नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ । “नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन”, गुरुङले भन्नुभयो, “सधैभरी … Read more

प्रचण्डप्रति ओलीको कटाक्षः राम-लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए,चितवन छाडेर हिँडे

चितवन,कात्तिक २८- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै मुर्ती बनाएर पठाएका थिए। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले उक्त अभिव्यक्ति … Read more