बिर्तामोडमा मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

बिर्तामोड, कात्तिक १– झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा … Read more

एमालेलाई ठुलो धक्का: बारामा ९७ जनाले एमालेबाट दिए सामुहिक राजिनामा

एस.एस. पटेल, बारा । चुनावको मुखमा आएर एमालेबाट साधारण सदस्य समेत नरहने गरि ९७ जनाले सामुदायिक राजिनामा दिएका छन् । नेकपा एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जीतपुरसिमरा नगर कमिटि उपाध्यक्ष विरेन्द्र गिरि, जीतपुर गाविस संस्थापकपार्टी प्रमुख मोजाहिर अंसारी, एमाले बारा जिल्ला सदस्य कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाल, प्रदिप कु. गुप्ता, जाफिर हुसेन … Read more

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

३१ असोज, काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा … Read more

आज सुन तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

३१ असोज । सुनको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले … Read more

गठबन्धनको बैठक बस्दै, वागीलाई कारवाही गर्ने गठबन्धनको तयारी

असोज, ३१ गते । आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका … Read more

एउटै खाडलमा किशोर किशोरी शव फेला, टाउकोमा गहिरो चोट

दाङ, असोज ३१- दाङमा एउटै खाडलमा किशोर किशोरी शव भेटिएको छ । जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा शव फेला परेको हो । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा उनीहरु फेला परेका हो । त्यस्तै स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडिएको … Read more

सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

सर्लाही, असोज ३१- सर्लाहीमा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे ईश्वरपुर नगरपालिका–१२ मा पल्टिएको हो । बसमा ३३ जना सवार थियो। प्रहरीका अनुसार घाइते २३ जना मध्य २ जनाको अवस्था गम्भीर छ । त्यस्तै गम्भीर … Read more

यात्रु नभएको भन्दै गौतमबुद्ध विमानस्थलमा जजिराले दैनिक उडान रोक्दा विमान कुरेर रातभरी बसे यात्रु

भैरहवा, असोज ३१- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ। यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ। जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए। … Read more

वीरगञ्जबाट नारायणगढतर्फ जादै गरेको भारतीय कारमा भेटियो लागूऔषध, चार जना पक्राउ

चितवन, असोज २८– चितवनमा ठूलो मात्रामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना बारा जिल्लाका रहेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ जादै गरेको भारतीय नम्बरको कारमा लुकाएर ल्याइएको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, … Read more

एमालेको रौतहट जिल्ला कमिटी विघटन, उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारीमा, प्रभु साह निष्कासित

काठमाडौँ, असोज २८- नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही … Read more