उपराष्ट्रपति यादवले गरे गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे  विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् । गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुर … Read more

अनिल साहलाई सुम्पियो जनकपुर बोल्ट्सको कप्तानी

बारा, मंसिर १४ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले राष्ट्रिय खेलाडी अनिल साहलाई कप्तान बनाएको छ। मंसिर १५ गते देखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने अनिल साहलाई कप्तानीको जिम्मा दिएको हो। जनकपुरको मार्की प्लेयरमा आशिफ शेख रहेका छन्। यता … Read more

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन आइपुगे काठमाण्डौँ

काठमाडौँ, मंसिर १४- कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए। ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका … Read more

यू-१९ एसिया कप खेल्न जाने टोलीको आज बिदाइ

काठमाडौं, मंसिर ११- नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कप खेल्न जाने नेपाली टोलीको आज बिदाइ गर्ने भएको छ। दुबईमा शुक्रबार सुरु हुने एसिया कपका लागि नेपालले शनिबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। टोलीको आज दिउँसो साढे १२ बजे नागपोखरीस्थित एक ब्यांक्वेटमा बिदाइ कार्यक्रम राखिएको क्यानले जनाएको छ। एक … Read more

क्यान्सर अस्पताल भरतपुरमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

चितवन, मंसिर ११- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क … Read more

नेपाली फिल्म पूर्णबहादुरको सारङ्गी’ले अस्ट्रेलियामा तेस्रो सातासम्म कमायो ७ करोड २२ लाख

काठमाडौं, मंसिर ६ ‘पूर्णबहादुरको सारङ्गी’ले विदेशमा समेत उछाल कमाइ गरिरहेको छ । अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वमा यसको व्यापार लोभलाग्दो छ । निर्माताले बिहीबार अस्ट्रेलिया र न्युजिल्याण्डको कलेक्सन सार्वजनिक गरेका छन् । तेस्रो सातासम्म अस्ट्रेलियामा फिल्मले ८ लाख २१ हजार अस्ट्रेलियन डलर (७ करोड २२ लाख रुपैयाँ ग्रस) कमाइ गरेको छ । सो अवधिसम्म अस्ट्रेलियामा फिल्मलाई … Read more

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

काठमाडौं, कात्तिक २४- जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ । विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्

चितवन, कात्तिक २४- पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् । सौराहा घुम्न आउने तर बास नबस्ने पर्यटक वृद्धि हुँदा होटल व्यवसायी चिन्तित बनेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ, चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटेल व्यवसायी सुमन घिमिरे अहिलेको मुख्य सिजनमै होटेलका कोठा ४० प्रतिशतभन्दा बढी नबिकेको बताउँछन् । … Read more

अमेरिकामा राष्ट्रपतिको चुनावः ट्रम्पको लगातार अग्रता

काठमाडौं,कात्तिक २१- अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले लगातार अग्रता लिएका छन् । सुरुवातीदेखि नै अगाडि रहेका उनले बुधबार बिहान १०ः१५ बजेसम्म त्यसलाई कायमै राखेका हुन् । ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा लगातार अगाडि देखिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पले २३० अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको १९२ अंक मात्र आएको … Read more

सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद सजाय

काठमाडौँ,कात्तिक २०- गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलकाअनुसार उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको … Read more