काठमाडौं, कात्तिक २४-
जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ । विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।



