मेयर बालेनले सुरक्षा खतरा बढेको भन्दै मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं, पुस २९ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो, हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं … Read more

चितवनमा मिनि ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर घाइते

चितवन, पुस २९- चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो । मोटरसाईकलमा पछाडी सवार रहेका रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भिर घाइते … Read more

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

चितवन, पुस २८- चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र पाटे बाघ मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत हिजो निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा अन्दाजी ५ वर्षको एकसिगें गैँडा मृत भेटेको हो । यसैगरी, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने … Read more

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

हेटौंडा, पुस २५- बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना … Read more

मकवानपुरमा भ्यान दुर्घटना: बाराका १ जनाको ज्यान गयो अन्य ८ जना घाइते

बारा, पुस १७ गते । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका २ मा आज आईतवार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा ८ जना घाईते भएका छन् । त्रिभुवन राजपथ अन्तगर्त भैसेमा ना४च ९४१ नम्बरको पिकअप दुर्घटना हुँदा बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ का १८ वर्षीयराहुलकुमार पण्डितको मृत्यु भएको प्रहरीले बताएको छ । … Read more

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

भरतपुर, पुष ३ गते । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएकी सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । साउन यता निकुञ्ज र … Read more

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

भरतपुर, पुस ३- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा … Read more

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरे

चितवन, पुस १ – चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् … Read more

दुई अर्बको लागतमा भरतपुर विमानस्थलमा यस्तो बन्दैछ टर्मिनल भवन

चितवन, मंसिर २१- भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा … Read more

चितवनको कालिकामा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

चितवन, मंसिर १८- चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैँडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै … Read more