- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ड्रिम्सताज मेघा मार्ट संचालनमा आएको छ । घरमा प्रयोग हुने सम्पुर्ण समानहरू पाउने उक्त मार्ट जीतपुरको मेन रोडको होटेल ड्रिम्सताजको अगाडिको गिरि मार्केटमा रहेको छ ।
करिब एक करोड भन्दा बढिको लगानी संचालन गरिएको ड्रिम्सताज मेघा मार्टमा खाद्यान्न, कस्मेटीक, बच्चाहरूले खेल्ने टोए, किराना आईटम लगायत घरमा प्रयोग हुने सम्पूर्ण कसिमिको समानहरू पाउने मार्टका संचालक बिनोद गुप्ताले बताउनु भयो । उहाँले यसअघि जीतपुरमा होटेल ड्रिम्सताज संचालनमा ल्याउनुभएको थियो । होटेल ड्रिम्सताज सँग सँगै उहाँले अब ड्रिम्सताज मेघा मार्ट पनि संचालनमा ल्याउनु भएको हो ।
पथलैया देखी नितनपुर सम्म होम डेलिभरीको व्यस्था रहको उक्त मार्टमा टेलीफोन, फेसबुक, वाट्सप लगायतको सेवाबाट अनलाइन खरिदि गर्न सकिने छ भने फोन पे, ई-सेवा, मोबाई बैंकीङ, ड्रेविट र क्रेडिट कार्ड लयातबाट पैसा तिर्न सकिन्छ । साथै क्यास अन डेलिभरीको पनि सुबिधा छ ।
ड्रिम्सताज मेघा मार्टको संचालक विनोद गुप्ताले मार्टको उद्घाटन आफ्नै बुवा र आमाको हातबाट गराउनु भएको थियो भने जीतपुरको समाज सेवी एवम् नेता घनश्याम गिरि, राजुराज गिरि लगायत संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।



