जीतपुर सक्रिय सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित जीतपुर सक्रिय सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको १४ औं अधिवेशन सहितको साधारण सभा सम्पन्न भएको छ ।

अधिवेशनले साबित्रि देवी पिप्लेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्रप्रसाद चौधरी, सचिवमा चन्दा कुमारी साह, सहसचिवमा सुरज हजरा, कोषाध्यक्ष विमलाकुमारी चौधरी लगाएत रहनुभएको छ ।

यसअघि संस्थाका अध्यक्ष दुर्गा रिजालको अध्यक्षता तथा वडा नम्बर ७ का वडाध्यक्ष रामबाबु गुप्ताको प्रमुख अतिथ्यतामा सम्पन्न साधारणसभा कार्यक्रममा सहकारीले बचत तथा ऋणको कारोबारमा उत्कृष्ट सदस्यहरुलाई कदर पत्र सहित सम्मानित गरेको छ ।

यसैगरी सहकारीले आजै बन्द सत्रबाट नयाँ कार्यसमितिका लागि निर्वाचनको प्रकृयालाई अगाडी बढाएको सहकारीका कोषध्यक्ष रञ्जन यादबले जानकारी दिनुभयो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी प्रमुख दुर्गा न्यौपाने, राष्ट्रिय सहकारी बैँकका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।