चीनको एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं, साउन ३

चीनको एक सपिङ मलमा आगलागी हुदा १६ जनाको मृत्यु भएको छ । चिनको शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी हुँदा १६ जनाको मृत्यु भएको हो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो ।

चिनको सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । तर , आगलागीको कारण खुलेको छैन ।