माडी,भदौ ३-
चितवनको माडीमा खोलाले मोटरसाइकल बगाएको छ । आज दिउँसो माडीबाट ठोरी पर्सा जाने क्रममा बागमती प्रदेश ०३–०२ प ९५८६ नम्बरको मोटरसाइकललाई खोलाले बगाएको हो । बाँदरझुलास्थित अम्बुवाखोलामा बाढी आई मोटरसाइकल बगाएको हो ।
मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२८ का ३७ वर्षीय पवन चापागाईं खोलाले बगाएको बुट्यानमा अड्किएर बाँच्न सफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उनको सकुशल उद्धार गरिएको छ ।



