बारामा पिकअप भ्यानको ठक्कर बाट एकको मृत्यु

बारा, भाद्र १६ गते ।

बारामा पिकअप गाड़ीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबीमा पिकअप गाड़ीको ठक्करबाट रौतहटका एक जनाको मृत्यु भएको हो I

तामागढ़ी-सिमरौंनगढ़ सड़क खण्ड अन्तर्गत कोल्हबी नगरपालिका वडा नम्बर ११ खगदे पुल नजिक प्रदेश २-०३ –०१ च ४९२० नम्बरको पिकअप गाड़ीले  आइतबार बिहान साइकलमा सवार रौतहट मौलापुर नगरपालिका-८ सोनारानिया निवासी ५५ बर्षीय अधिकारी यादवलाइ ठक्कर दिएको हो I ठक्करबाट उनको घटना स्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने पिकअप र चालकलाइ नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारा पठाएको छ I मृतक यादवको शवलाई पोस्ट मार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।