बारा, भदौ ३१-
बाराको पुर्वपश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । हिजो राति भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सर्लाही धनकौल २ बस्ने वर्ष ३७ को दिनेश साहको मृत्यु भएको छ।
निजगढ–८ पूर्व–पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक चन्द्रनिगाहर बाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४६ को किशोरी साहको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।



