- एस.एस. पटेल, बारा ।
नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को कमिटिले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कुनै सदस्य र कार्याकर्ता नेकपा एमाले पार्टीमा प्रवेश नगरेको दावी गरेको छ । विभिन्न समाचार माध्यममा जीतपुरका सदस्य र कार्याकर्ताहरू नेपाली कांग्रेस पार्टी त्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेको खबर आए पछि कांग्रेसले यस्तो प्रेस विज्ञप्ति जारी गरेको हो ।
कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै जीतपुरको आफ्नो कुनै सदस्य र कार्याकर्ता अन्य कुनै पार्टीमा प्रवेश नगरेको भन्दै विभिन्न संचार माध्यममा आएको खबरलाई झुटो बताएको छ ।
नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले यस्ता समाचारको पछि नलाग्न समेत अनुरोध गर्नुभएको छ ।
नेपाली कांग्रेस जीतपुर कमिटीद्वारा जारी प्रेस विज्ञप्ति:





