- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुर स्थिति रहेको श्री फकिरा गरि राजेश्वर गिरि माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खुलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को वडा कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट स्कुलका विद्यार्थीहरूलाई विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो ।
२ लाख ५० हजार बराबरको खेलकुद सामाग्री श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालय सहित मदरसामा वितरण गरिएको थियो ।
श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको प्रांगणमा सोही स्कुलका प्र.अ राजु कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको खेलकुद सामाग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको प्रमुख अथिति रहनुभएको थियो ।
खेलकुद सामाग्री वितरण कार्यक्रममा ७ का वडा सदस्य ज्ञानी पास्वान, समाज सेवी राजेश गिरि, स्कुल व्यवस्थापन समितिका सदस्यहरू, स्कुलका शिक्षक लगायत स्थानिय समाज सेवीहरूको उपस्थिति रहेको थियो ।




