बारा, असोज ८ गते ।
बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको निजगढ रतनपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।
मोटरसाइक अनियन्त्रित भइ रुखमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षिय मोटरसाईकल चालक सुरेन्द्र घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा एक जना घाईते पनि भएका छन्।



