हात्तिको आक्रमणबाट बारामा एक जनाको मृत्यु

बारा, असोज २८ गते ।

हात्तिको आक्रमणमा परि बारामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ मा जंगली हाँत्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

सोमबार बिहान ७ बजेको समयमा हात्तिको आक्रमणबाट कोल्हबी-२ पुरानो काँटाको उत्तर तर्फ भित्री जंगलका ६३ विर्षिय हस्त बहादुर ठोक्करको मृत्यु भएको हो ।

घरबाट घाँस काट्न जंगल गएका ठक्कर जंगलबाट नफर्केपछि आफन्त र स्थानीयहरुले जंगलमा गई खोजतलास गर्दा जंगली हात्तिको आक्रमणबाट मृत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हबीको प्रहरी निरिक्षकको कमाण्डमा मुचुल्का उठाई घट्नाको थप अनुसन्धान भईरहेको र शवलाई पोष्टमार्टमको लागि कलैया प्रादेशिक अस्पताल पठाईएको बारा प्रहरीले जनाएको छ ।