- एस.एस. पटेल, बारा ।
भाद्र २८ गते सोमबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना विरूधको खोप भेरोसेलको दोस्रो डोज लगाईने भएको छ ।
भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई मात्र दोस्रो डोज लगाईने जीतपुरसिमरा स्वास्थ्य शाखाले बताएको छ । खोप लगाउन आउदा पहिलो डोज लगाएको खोप कार्ड लिएर आउनु पर्ने छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुसार नगरको मातहतमा रहेको हरेक स्वास्थ्य चौकीमा दोस्रो डोजको खोप उपलब्ध हुने छ ।




